काठमाडौं । गायिका रचना रिमाल काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएकी छन् ।
सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको थियो । मंगलबार बिहान उनलाई नेपालगन्जबाट काठमाडौं ल्याइएको हो ।
रिमाल सानीभेरीको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । तर, अचानक स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको थियो ।