सुनचाँदीको मूल्य घट्यो

न्युजलय ३२ जेठ २०८१, शुक्रबार ११:३३ मा प्रकाशित

काठमाडौँ । शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।