ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बाबुआमा गम्भीर घाइते

न्युजलय १४ बैशाख २०८०, बिहिबार १०:२३ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार राति असिना पानीसँगै परेको चट्याङ लागेर  मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भीर घाइते भएका छन्।

घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्।