सुनसरीमा दुर्घटना, एक जनाको मृत्यु

न्युजलय २२ मङ्सिर २०७८, बुधबार ११:५१ मा प्रकाशित

 इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सुनसरीको कोसी गाउँपालिका–२ मा तत्काल नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

लौकही–मधुवनी भित्री सडक खण्डमा दक्षिणतर्फ आउँदै गरेको को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई मङ्गलबार दिउँसो नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय मनोज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

दुर्घटना ट्याक्टरले गराएको खुलेको छ ।