बढ्यो सुनको मूल्य

न्युजलय ४ असार २०८२, बुधबार ११:५५ मा प्रकाशित

 काठमाडौं । बुधवार सुनचाँदीको मूल्य बढेको छ । मंगलवारको तुलनामा सुन तोलामा ९ सय रुपैयाँ बढ्दा चाँदी तोलामै ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९५ हजार रुपैयाँ कायम थियो ।

त्यस्तै हिजो तोलाको २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।