जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०१:४२ मा प्रकाशित

तेह्रथुम ।  २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको आरोपमा फेदाप गाउँपालिका–२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले महरालाई पक्राउ गरेको हो।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।