झापामा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्युजलय ३१ साउन २०८०, बुधबार ०८:२१ मा प्रकाशित

झापा । झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका–४ का ६७ वर्षीय डोरप्रसाद खनाल रहेको प्रहरी कार्यालयले झापाले जनाएको छ। 

मंगलबार साँझ  पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल–५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मे ७ प ४६४४ मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक खनाललाई  उपचारका लागि दमकस्थित पुर्‍याउन साथ चिकित्सकले मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय दमकले कार तथा कार चालकलाई नियन्त्रणमा लिएको छ।