कोशी प्रदेश सरकार फेर्ने पक्षमा समाजवादी, नाम भने नफेर्ने संकेत

न्युजलय २९ चैत २०७९, बुधबार ०२:१२ मा प्रकाशित

इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश सरकार फेरिने बताएका छन् । उनले सरकार परिवर्तन स्वभाविक भएको बताउँदै प्रदेश सरकार पनि फेरीने बताएका हुन् ।

अहिले एमाले नेतृत्वको प्रदेश सरकार छ । उनले आफ्नै नेतृत्वमा पनि सरकार बन्नसक्ने बताएका छन् । इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रदेशमा आफ्नो उपस्थिती सशक्त भएकोले दावी आफ्नो पनि हुने बताएका छन् । 

यस्तै उनले प्रदेश नामकरण फेर्ने योजना नरहेको उनले संकेत गरेका छन् । ‘मलाई विवादमा नतानिदिनु न,’ उनले स्पष्ट भन्न चाहेनन् तर भने, ‘सबैलाई सम्झाइ बुझाइ गर्ने कुरा भएको छ ।’

उनले प्रदेश सांसदहरुले सहमती गरेर जातीय द्वन्दमा जान रोकेको उनले टिप्पणी गरे । ‘यसले राम्रो सन्देश दिएको छ,’ उनले भने । 

कोशी प्रदेश सचिवालयले सकारात्मक तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको नेपालले बताए ।