सेयर बजारमा १५.४३ अंकको गिरावट

न्युजलय २४ भदौ २०८३, बुधबार ०३:२७ मा प्रकाशित

काठमाडौँ । बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार बढेको बजार आज १५.४३ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २५४५.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९२ कम्पनीको सेयर मुल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेयर बजारमा ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ५० हजार ८०४ पटक खरिद बिक्री हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको कारोबार भएको छ । 

आजसेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने ३ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।