काठमाडौं । मंगलबार(आज) सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।