कैलालीमा २५ वर्षीय युवक हत्या, प्रहरीले फेला पार्‍यो हत्यापछिको फोन रेकर्ड

न्युजलय ४ पुस २०७८, आइतबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । कैलालीका जानकी गाउँपालिका–९ का २५ अरुण दास हत्याको फोन कल रेकर्ड बाहिरिएको छ । दासको शरीरबाट टाउको छिनालिएको अवस्थामा शनिबार(आज) शव फेला परेको थियो । 

दासको हत्या जानकी गाउँपालिकाका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको हो ।

दासकै साथी भएको बताउँदै एकजना युवकले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसमै केन्द्रीत भएर घटना अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

दासको शव आफन्तलाई जिम्मा लगाइ सकिएको छ । प्रहरीका अनुसार दास अति निम्न वर्गीय परिवारका हुन् । उनी मजदुरी गर्थे । उनका बुबाआमा पनि रोजीरोटीका लागि भारतमा काम गर्छन् । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ ।

स्थानीयका अनुसार मृतक दासका बुबा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउजाउ गर्दै आएका थिए । करिब ३ साताअघि उनी भारतबाट फर्किएका थिए ।