मोरङ । महान तथा गौरवशाली पार्टी नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाको प्रथम अधिवेशन कटहरी वडा नम्बर ५ भौडाहामा सम्पन्न भएको छ ।
उक्त अधिवेशनले किशोर पाण्डेको अध्यक्षतामा ५५ सदस्य कटहरी गाउँपालिकाको कमिटी गठन गरेको छ । नयाँ समितिको अध्यक्षमा किशोर पाण्डे, वरिष्ठ उपाध्यक्षहरूमा बिरबुद्द मुडियारी, किशोर भट्टराई, सिता मुडियारी, कोषाध्यक्षमा कविता सरदार, सचिवमा शंकर महतो, सह सचिवमा अत्यानन्द राजबंशी चयन भएका छन् ।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसद अमनलाल मोदी, अतिथिहरूमा विराटनगर महानगरपालिकाकी सचिव नमिता न्यौपाने, क्षेत्र नं ४ इन्चार्ज पख्खु लाल चौधरी लगायतका हजारौं नेता र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
- महेश भट्टराई