सुनचाँदीको मूल्य बढ्यो

न्युजलय २८ पुस २०८२, सोमबार ११:२८ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । आजको कारोबारमा सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

हिजो सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।