इटहरीका पत्रकारहरु स्मारिका र भुमिकाले खोले ‘हाम्रो अर्गानिक मार्ट’

न्युजलय २३ पुस २०८२, बुधबार १२:०० मा प्रकाशित

इटहरी । इटहरीलाई आधार बनाएर लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका दुई महिला सञ्चारकर्मीहरु भुमिका रसाइली र स्मारिका राईले संयुक्त रूपमा ‘हाम्रो अर्गानिक मार्ट’ सञ्चालनमा ल्याएका छन् । इटहरी उपमहानगरपालिका–आइतबारेमा इलाइट सिने हल नजिकै खोलेको मार्टबाट शुद्ध, अग्र्यानिक सामाग्री उपलब्ध गराउने उनीहरुको उद्देश्य छ । 


‘हाम्रो अर्गानिक मार्ट’मा पहाडी तथा ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक सुकुटी, माछा, गहुँ, कोदो, फापर, सुन्तला, घिउ, कालो दाल, मस्यामको दाल, मह, गहतको दाल, राजमा दाल, कालो तिल, साथै मसुरो, मुग, चना, सोयाबिन, तोरी, तिल लगायतका खाद्यान्न उपलब्ध छन् । यसैगरी, सोलुखुम्बु क्षेत्रबाट ल्याइने टिम्बुर, जिम्बु, किम्मीस्, तथा अर्गानिक सागपातसमेत मार्टमा बिक्रीका लागि राखिएको छ।


पत्रकारितासँगसँगै सामाजिक सचेतनाको लागि मार्ट सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् ।