भोजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका –८ गोगने र वडानं ९ लेखर्क जोड्ने राउते खोलाको पुल निर्माणमा खटिएका सबइन्जिनियर मन्दीप राईको मृत्यु प्रकरणमा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्याकमा काम गर्दै आएका ठेकेदार वालम राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उनीहरुलाई मंगलबार विहान पक्राउ गरी अनुसन्धान थालिएको बताइएकोछ । पोस्माटम र सिमेरा रिर्पोट आउन वाकी रहेको र उक्त रिपोट आए पछि थप अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ ।
जेठ ९ गते टेम्कैमैयुङ गाउँपालिका –९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सोही गाउँपालिका –८ का सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको थियो ।