प्रेमी मानवसँग विवाह गर्दै सुरक्षा पन्त

न्युजलय ५ फाल्गुण २०७९, शुक्रबार ०१:४५ मा प्रकाशित

काठमाण्डौ । अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गर्न लागेकी छिन् । सुरक्षाले विवाह गर्न लागेको कुरा निश्चित भए पनि मिति र स्थान भने अहिले नै फिक्स नभइसकेको बताएकी छन् । 

सुरक्षाले मानवसँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गर्न लागेकी हुन् । 

सुरक्षा पछिल्लो समय फिल्म अभिनयमा व्यस्त छिन् । उनी अभिनीत दुई फिल्म ‘बुलाकी’ र ‘बहाव’ रिलिजको तयारीमा छ । यस्तै, मानवले फिल्म अन्तरालपछि अभिनयमा डेब्यू गरेका हुन् । 

त्यसपछि उनले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् ।