काठमाडौं । आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ।
यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ।
आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।