सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

न्युजलय १७ भदौ २०८२, मङ्गलबार ११:१० मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो 

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । 

चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।