सुनचाँदीको मूल्य घट्यो

न्युजलय १६ पुस २०८२, बुधबार ११:१५ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य तोलामा दुई लाख ६२ हजार एक सयमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेर चार हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।