फिदिम । पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ–३ की जुना सावदेनको उद्धार गरिएको छ ।
फालेलुङ –३ खोलाघारीका मनप्रसाद राईकी नौ वर्षीया नातिनी जुना सावदेनको आइतबार(आज) बिहान उद्धार गरिएको हो। सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिएकी थिइन् । अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका –४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन् । उनीहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथर प्रहरी जानकारी दिएको छ । ।
मध्यरातमा आएको बाढीले हिलिहाङ,याङवरक,फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।