कमेडियन विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट

न्युजलय ३० मङ्सिर २०७९, शुक्रबार ०७:३८ मा प्रकाशित

काठमाडौं । टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन् ।

 

बिहिबार राजधानीमा आयोजित एक समारोहबीच विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । केही वर्षदेखि प्रेममा रहेका दुवै आफ्नो प्रेमलाई अझ गाढा बनाउन विवाहमा परिणत गर्न लागेका हुन् ।


इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो । विवाहको मिति भने अहिले सार्वजनिक गरिएको छैन ।


यो जोडीले हालै कमेडी सो ‘मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका थिए । ‘कमेडी च्याम्पियन’ बाट यी दुईको प्रेम अंकुराएको थियो । विक्की ‘कमेडी च्याम्पियन’ का फस्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । ​