सुनचाँदीको मूल्य बढ्यो

न्युजलय २० साउन २०८२, सोमबार ०४:४३ मा प्रकाशित

काठमाडौँ । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।