प्रदेश १ लोकसेवाले माग्यो विभिन्न पदमा २४ जना कर्मचारी

न्युजलय ३१ असोज २०७९, सोमबार ०७:४६ मा प्रकाशित

काठमाडौं । प्रदेश लोकसेवा आयोग, प्रदेश नम्बर १ ले  विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

 

आयोगले सोमबार सार्वजनिक सूचना जारी गर्दै विज्ञापन प्रकाशन गरेको हो । 

 

आयोगले विभिन्न पदमा २४ जनाका लागि विज्ञापन खुलाएको हो ।