काठमाडौँ । सुनचाँदीकै मूल्य आज फेरि बढेको छ।
सुनको मूल्य आज तोलामा एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य हिजो तोलामा एक हजार सातसय रुपैयाँ घटेर दुई लाख २१ हजार तीनसय रुपैयाँमा झरेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ५५ रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ७ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।