काठमाडौं। सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।
आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक सय ३० रुपैयाँले बढेर चनर हजार दुई सय ३५ रुपैयाँ पुगेको छ।