इनरुवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ ।
राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए ।
देशमा देखिएको समस्यालाई आँफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे ।
केही महिना देखि कोशी प्रदेशमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले यही पाराले राष्ट्रियता र एकताको रक्षा गर्न पनि नसकिने बताए । उनले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नु पर्ने बेला आएको बताए ।
उनले सुशासन र सान्तीको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नु पर्ने समेत बताए । राष्ट्रको धर्म नै आफ्नो धर्म भएको उनले बताए । यसका लागि सबै भूभागका जनता नै राष्ट्रको विधाता भएको बताए ।
प्राकृतीक र खानीको बोध गर्नु नै अहिलेको अहम् धर्म भएको बताउँदै पर्वराजा ज्ञानेन्द्रले सबैलाई राष्ट्रिय दृष्टिकोणको जागरण होमिँदै जानु पर्ने बताए । उनले आफूलाई अभिनन्दन गरिएको प्रति देश भत्त हृदयबाट सम्मान गरिएको बताए । उनले भने देशको माया, चिन्ता र चासो प्रस्तुत भएको गहिरो ध्यान पुगेको छ ।
नागरिक अभिनन्द कार्यक्रम कोशी र मधेसबाट सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । कार्यक्रममा सहभागीहरूले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए ।