बर्दिबास नगरपालिकामा जागिर खुल्यो

न्युजलय २९ असार २०७९, बुधबार ०७:२२ मा प्रकाशित

काठमाडौं । बर्दिबास नगरपालिकाले कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ । 


हेल्भाटस नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन (समी) परियोजना सञ्चालनको लागि मनोसामाजिक परामर्शकर्ता वित्तीय साक्षरता हजकर्ता र आंशिक कर्मचारीसहित पाँच पदका लागि दर्खास्त आह्वान गरेको हो  ।

 

लिखित अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा सञ्चालनमार्फत् कर्मचारी छनोट गर्ने नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


कार्याविधि २०८० असार मसान्तसम्म रहने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।