मोटरसाइकल दुर्घटना हुँदा झापाका पौडेलको मृत्यु

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०१:०९ मा प्रकाशित

 झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–२ का ३५ वर्षीय भीमप्रसाद पौडेल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१२ मा सोमबार राति को १ त ४०१६ नम्बरको ट्याक्टर बिग्रेर सडक किनारमा रोकी राखेको र मे ९ प ६००३ नम्बरको मोटरसाइकलले सोही ट्याक्टरलाई पछाडि आएर ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकलचालक पौडेललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा उनको रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।