बढ्यो सुनको भाउ

न्युजलय १६ साउन २०८०, मङ्गलबार १२:१८ मा प्रकाशित

  काठमाडौं । सुनको भाउ मंगलबार(आज) तोलामा ४०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय ७५ रुपैयाँ कायम भएको छ ।