नवनिर्वाचित सांसदले लिए शपथ

न्युजलय १२ चैत २०८२, बिहिबार ०३:५४ मा प्रकाशित

काठमाडौं । गत २१ फागुनमा भएको निर्वाचनपछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनीहरूलाई सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रुपमा बनेको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गराइएको हो । 

नवनिर्मित प्रतिनिधिसभाको हल तयार नभएकाले सांसदहरूको शपथ र प्रारम्भिक केही बैठकका लागि अस्थायी हल निर्माण गरिएको हो ।

शपथका लागि पुगेका सांसदहरू विभिन्न भेषभूषामा सजिएर पुगेका थिए । संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिएका थिए ।