‘प्रसाद २’ ट्रेलर सार्वजनिक

न्युजलय १९ फाल्गुण २०७९, शुक्रबार ०५:२४ मा प्रकाशित

काठमाडौँ । चैत्रको २४ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । 

यसअघि फिल्म वैशाख १ मा आउने चर्चा थियो । तर थप ४ फिल्म आउने भएपछि यो फिल्म एक हप्ता पछि सरेको हो । 

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको छ । फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । 

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको लेखन छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ ।

एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो ।