इटहरीमा आँखा अस्पताल बन्दै

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०३:१६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १७ को लविपुरमा इटहरी आँखा अस्पताल बन्ने भएको छ । भवन निर्माणको लागि रंगेली मोरंगमा मेयर दिलिप बगडियाको परिवारले १० कठ्ठा जग्गा उपलब्ध गराएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले मंगलबार भवनको शिलन्यास गरेका छन् ।

सो कार्यक्रममा सोही वडाका वडाअध्यक्ष भगवानलाल साहको परिवारले भवन निर्माणका लागि ५ लाख रुपियाँ दिने घोषणा गरे ।

नेत्र ज्योति संघको बिषेश सहयोग सेवा फाउन्डेशनको सहकार्यमा सो स्थानमामा इटहरी आँखा अस्पतालको भवन निर्माण हुन लागेको हो । इटहरीका मेयर द्वारिकलाल चौधरीले दुई वर्षभित्रमा भवन निर्माण भई सेवा सुरु हुने बताए ।