काठमाण्डौ । स्याङ्जामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ फोक्सिङ बस्ने ५४ वर्षीय डबलबहादुर थापा रहेका छन्।
थापाले आफ्नै श्रीमती ४५ वर्षीया मायादेवी थापालाई कुटपिट गरी घाँटीमा सलको पासो लगाई धनसार कोठामा अचेत बनाइ राखेको प्रहरीले जनाएको छ ।
अचेत अवस्थामा रहेकी मायादेवीलाई उपचारका लागि अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले अभियुक्तलाई पक्राउ गरी कारबाहीको पक्रिया अगाडि बढाएको छ ।