काठमाडौं । र्यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन् ।
आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन आफ्नो हर्कतको कारणले चर्चामा आए ।
कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थाले । उनले गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए ।
उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए । अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए ।
दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शोज नगर्ने र यही नै अन्तिम हुने पनि बताएका थिए ।