प्रेस चौतारी सुनसरीको अधिवेशन पुष २६ गते इटहरीमा हुने

न्युजलय १२ पुस २०७८, सोमबार ०७:०१ मा प्रकाशित

इटहरी । प्रेस चौतारी सुनसरीको नवौँ अधिवेशन यहि पुस २६ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने भएको छ ।


जिल्ला अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत बनाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले बताए । अधिवेशनले चौतारीको नयाँ नेतृत्व समेत छान्ने छ। 


अधिवेशन गर्न चौतारीले तीन वटा उपसमिति बनाएको छ। जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन बिस्तार उपसमिति र बिकास चाम्लिङ राईको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ। अधिवेशनमा चौतारीका करिब २५० बढी प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ।


अधिवेशनकै अवसरमा ब्लाष्ट दैनिकका सम्पादक तथा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका किशोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गर्ने जनाइएको छ । कोरोनाको कारण अघिल्लो वर्ष देखि रोकिएको सो पुरस्कार एकै पटक वितरण गरिने भएको छ ।