२०७८ फाल्गुण ०८ गते आइतबारको राशिफल

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०६:३८ मा प्रकाशित

मेष । आज पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्दव्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्नेछ ।

 

वृष । आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

 

मिथुन । खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउनसक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।

 

कर्कट । आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

 

सिंह । आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

 

कन्या । आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ ।

 

तुला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

 

वृश्चिक । आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

 

धनु । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

 

मकर । आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाइलो यात्रा पनि होला ।

 

कुम्भ । आज गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

 

मीन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।