काठमाडौँ । आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार आठसय रुपैयाँ पुगेको छ। गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य हिजो प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।