धरानमा आदिपुरुष प्रदर्शन नगर्न मेयर साम्पाङको आग्रह

न्युजलय ४ असार २०८०, सोमबार ११:२३ मा प्रकाशित

धरान । धरानका मेयर हर्क साम्पाङले धरानमा भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नगर्न आग्रह गरेका छन् । 


सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले धरानमा आदिपुरुषको प्रदर्शन नगर्न भनेका हुन् । 


यसअघि काठमाडौ र पोखराका मेयरले आदिपुरुषको प्रदर्शन नगर्न सार्वजनिक आग्रह गरीसकेका छन् । सोअनुसार आजदेखि ती दुवै नगरमा फिल्मको प्रदर्शन रोकिएको छ ।