सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–८ देउसामा नवजात शिशुको शव फेला परेको छ ।
देउसास्थित बुढिडाँडाको देल्चब गाउँको बाँसघारीमा बेवारिसे अवस्थामा आइतबार(आज) बिहान उक्त शव फेला परेको हो ।
कुकुरले एउटा हात खाएको अवस्थामा गाउँलेले घाँस काट्न जाँदा शव भेटेका थिए । शव कसले फाल्यो भन्ने कुरा पत्ता लगाउन सदरमुकामबाट प्रहरी परिचालन गरिएको छ ।
गाउँलेसँग बिहानैदेखि सोधपुछको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।