फिल्म ‘लियो’ को टिजर सार्वजनिक

न्युजलय २१ माघ २०७९, शनिवार ०२:३१ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार थलापति विजयको फिल्म (लियो– ब्लडी स्वीट) को टिजर सार्वजनिक भएको छ। 

यो प्यान इण्डिया फिल्म हो। प्यान इण्डिया भनेको हिन्दीसहित बहुभाषामा डब गरिएको क्षेत्रीय भारतीय सिनेमा हो।

लोकेश कनगराजको निर्देशनमा बनेको चलचित्रमा सञ्जय दत्त समेत हुनेछन्। लियोको टिजरमै उत्कृष्ट ब्याकग्राउण्ड म्युजिक, छायाङ्कन तथा सम्पादन देखिएको छ।