भोलि विवाह गर्दै अभिनेता सलोन बस्नेत

न्युजलय ११ मङ्सिर २०७९, आइतबार ०८:२४ मा प्रकाशित

काठमाडौँ । अभिनेता सलोन बस्नेत मंसिर १२ गते विवाह बन्धनमा बाँधिदै छन् । गर्दैछन्। उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्।


शनिबार पातले वन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो। उनीहरूको मेहेन्दी कार्यक्रममा दुवै पक्षका परिवार, साथीभाइ, नजिकका आफन्त र कलाकार उपस्थित थिए।

 

उनीहरूको विवाह समारोह चन्दागिरि रिसोर्टमा हुनेछ भने मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा विवाहको रिसेप्सन पार्टी राखिएको छ।


उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा छन्। करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्।


अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन्। गत शुक्रबारदेखि सलोन अभिनीत फिल्म ‘मीलन’ प्रदर्शन भइरहेको छ। बिहेपछि उनी बुवा शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय होस्’ मा व्यस्त हुनेछन्।

 

सलोनले ‘नेपाली बाबु’ बाट बालकलाकारको रूपमा डेब्यु गरेका थिए। उनले ‘होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाँडाको वरपीपल, बाबु कान्छा’लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।