इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो।
देउमाई नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटैमा मृत्यु भएको हो।