इलाममा खुकुरी प्रहार गरी बुहारीको हत्या

न्युजलय १९ असार २०८०, मङ्गलबार ०३:३१ मा प्रकाशित

 इलाम । इलामको माई नगरपालिका–३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

३९ वर्षीय जेठाजु सन्तोष खातीले सोमबार २३ बुहारी वर्षीया अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि झापाको विएण्डसी अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा मङ्गलबार दिउँसो अमृताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न जेठाजु सन्तोष भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।