घट्यो सुनचाँदीको मूल्य

न्युजलय २५ साउन २०८०, बिहिबार ११:५७ मा प्रकाशित

काठमाडौँ । बुधबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेको जनाएको छ । 

घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेसँगै १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।