बढ्यो सुनको भाउ

न्युजलय १७ चैत २०८१, सोमबार ११:३२ मा प्रकाशित

काठमाडौँ । सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

सोमबार सुनको भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो ।  

चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।