प्रदेश १ मा आज थप ३३ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०७:४७ मा प्रकाशित

इटहरी । प्रदेश १ मा थप ३३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र ३८ पुरुष रहेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।