सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

न्युजलय २५ चैत २०८०, आइतबार ११:४३ मा प्रकाशित

काठमाडौं। सुनको भाउले आइतबार(आज) नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो।