सुनको मूल्यमा गिरावट

न्युजलय २ चैत २०८०, शुक्रबार ११:२३ मा प्रकाशित

काठमाडौँ । शुक्रबार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो । 

जसअनुसार आज सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।