काठमाडौँ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।
आज सुन प्रतितोलामा एक हजारले घटेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० ले गिरावट भएको छ ।
आज प्रतितोला चाँदी एक हजार सात सय ६५ मा कारोबार भएको छ ।