मेष । शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।
वृष । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
मिथुन । लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।
कर्कट । आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
सिंह । आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कन्या । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।
तुला । आजबाट रोकिएको कार्य पुनः सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ ।
धनु । आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।
मकर । आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ । आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कामकाज पनि सहज हुँदै जानेछ ।
मीन । आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।